Logo

युएईका पहिलो अन्तरीक्षयात्रीसहितको यान पृथ्वीमा अवतरण गर्दै



संयुक्त अरब इमिरेट्सका पहिलो अन्तरीक्षयात्री हज्जा अली अलमनसुरीसहित तीनजना अन्तरीक्षयात्री चढेको यान बिहिबार पृथ्वीमा उत्रँदैछ । रुसी अन्तरीक्षयान सोयुज एम एस १२ बाट अन्तरीक्ष पुगेका उनीहरुको यान अवतरणको सम्पूर्ण तयारी भइसकेको छ ।

यानबाट अन्तरीक्षयात्रीले अवतरणको खबर पठाइसकेको रुसी समाचार संस्था तासले जनाएको छ । अवतरणका लागि १२ वटा एम आई ८ हेलिकोप्टर, चारवटा ए एन १२ जहाज,,, २० वटा सवारी साधान र विशेष प्रकारका साधनहरु तयार छन् । सहज अतवरणमा सहयोग पुर्याउन १८० जना व्यक्तिहरु खटाइएका छन् ।
यानमा इमिरेटी अन्तरीक्षयात्री अलीसहित रुसी अन्तरीक्षयात्री अलेक्सी ओभचिनिन र अमेरिकी अन्तरीक्षयात्री निक हेग छन् ।
Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्