Logo

अवैध सुर्ती बरामद



पर्सा,१६ असोज । अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको सुर्ती प्रहरीले ३५ केजी सुर्ती बरामद गरेको छ । पर्सा कार्यालयबाट खटिएकोे प्रहरी टोलीले १५ असोजको बेलुका नियमित चेकजाँचको क्रममा उल्लेखित सामान फेला पारी बरामद गरेको हो ।

बीरगंज महानगरपालिका  घण्टाघर स्थितमा अवैध रुपमा भन्सार छली लुकाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सुर्ती फेला पारी वरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्