Logo

इन्धनको बदलामा मुलुकको स्वाभिमान साटिन्न – क्युबाली विदेशमन्त्री



हवाना, १६ असोज (रासस-सिन्ह्वा) – अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताएका छन् ।

ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक गर्दै विदेश मन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा एवं भत्र्सना गरे ।क्युबामाथिका प्रतिबन्धहरु मानव अधिकारको गम्भीर उल्लंघन हो ।

रोड्रिगेजका अनुसार, अमेरिकामा राष्ट्रपतिय चुनाव हुने वर्षमा क्युबामाथि अनावश्यक दबाब दिइने गरिएको छ । सन् १९५९ को क्युबा विद्रोहपश्चात भागेर अमेरिकाको मियामी पुगेका ठूलो संख्याका क्युबालीको दबाबमा भोटको आश गर्दै क्युबामाथि दबाब दिने गरेको क्युबाली सरकारको भनाई छ ।

तर, विदेश मन्त्री रोड्रिगेजले अमेरिकीहरुको सोचाई पुरातनशैलीको छ भन्दै अमेरिकामै रहेबसेका ठूलो संख्याका क्युबालीले दुबै देशबीच सम्बन्ध सुधार भएको हेर्न चाहिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्