Logo

पाँच लाख घुस सहित ओभरसियर पक्राउ



काठमाडौं, १६ असोज । पाँच लाख घुस रकम सहित अख्तियार अनुसन्धान आयोगले एक जना ओभरसियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी रहेका छन् । उनलाई घुस लिने क्रममा १४ असोजमा पक्राउ गरेको हो ।

टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनको लागि सोही नगरपालिकाका कर्मचारी समेतलाई मिलाउनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेका उजुरीको आधारमा पक्राउ गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले चौधरीलाई सेवाग्राहीसँग पाँच लाख घुस रकम लिइसकेको अवस्थामा उक्त रकम सहित उनकै कार्यालय परिसरबाट पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्