Logo

लाओस, भियतनामबीच लगानी र व्यापारबारे वार्ता



भिएनटिन, असोज १६ (रासस-सिन्ह्वा) – लाओसका छ वटा उत्तरी प्रान्तहरु र भियतनामको डायन बायन फू प्रान्तबीच व्यापार र लगानीबारे विचारविमर्श शुरु भएको छ । वार्तामा आगामी सन् २०१९–२०२० मा दुबै देशका प्रान्तहरुबीचको सहयोगात्मक सम्बन्ध सुदृढ गर्न वृहद सम्मेलन गर्न प्रस्ताव गरिएको छ ।

लाओसको राजधानी भिएनटिनबाट करिब १८० किलोमिटर उत्तरको लाओ लुआङ प्रबाङमा दुबै पक्षबीच भेटवार्ता भएको थियो । स्थानीय दैनिक पत्रिका भिएनटिन टाइम्सका अनुसार लुआङ प्रबाङका उद्योग तथा वाणिज्य विभागका उपनिर्देशक सोमसाक बोनमाफेटले प्रस्तावित व्यापार तथा लगानी सम्मेलनको मिति तोक्न बाँकी रहेको जानकारी दिएका छन् ।

उक्त सम्मेलनको मुख्य उद्देश्य नै लगानी, उत्पादन र व्यापार प्रबद्र्धन गर्नु रहेको छ । सोमसाकले भियतनामी व्यापारीहरुले लाओ किसानबाट कृषिजन्य वस्तु खरिद गरी भियतनामी बजारमा पुर्याउने गरेको बताए ।

लाओ र भियतनाम सरकारले सन् २०१९ मा एकअर्का मुलुकबीचको व्यापार एक अर्ब डलर पुर्याउने र हरेक वर्ष १० प्रतिशत वृद्धि गर्ने सहमति जनाएका छन् ।
यसबाहेक, दुबै मुलुकका अधिकारीहरुले सीमा जाँच समेतका व्यापार अवरोधहरुका बारेमा पनि छलफल गरेका छन् । भियतनामको लुआङ प्रबाङ प्रान्तमा ठूलो मात्रामा प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ । भियतनामका अधिकारीहरुका अनुसार, लुआङ प्रबाङमा चीनको लगानी सबैभन्दा ठूलो छ ।



प्रतिक्रिया दिनुहोस्