Logo

विपन्नलाई दशैँको कपडा



भद्रपुर, १६ असोज (रासस) : भद्रपुर नगरपालिका–१० ले वडाभित्रका वृद्धा, असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई दशैँका लागि आज कपडा वितरण गरेको छ ।

वडाध्यक्ष टेकबहादुर खड्काले वडाका पाँच सय बढी अति विपन्न परिवारलाई कपडा वितरण गरेको बताए । उनले वडाभित्र स्थापना गरेको कपडा बैंकमार्फत सङ्किलत र नयाँ खरीद गरेर वितरण गरेको बताए ।उनका अनुसार भेष्ट, पाइन्ट, कुर्ता सलवार, सारीलगायतका हजार थान भन्दा बढी कपडा वितरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम