Logo

धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा



काठमाडौँ, १६ असोज (रासस) : सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए । विभिन्न छ शहरका छ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारको थियो । त्यति बेलाको विजेता टोलीले रु ३० लाख पुरस्कार पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्