Logo

अन्तरीक्ष योजनामा युइएले खर्च गर्यो पाँच अर्व डलर



संयुक्त अरब इमिरेट्स (युएइ)को महत्वाकांक्षी अन्तरीक्ष योजनाले गति लिएको छ । उसले पहिलो अन्तरीक्षयात्रीका रुपमा मेजर हज्जा अल मन्सुरीलाई अन्तरीक्षमा पठायो । मन्सुरी चार हजार आकांक्षीमध्येबाट छानिएका थिए ।

३५ वर्षीय पूर्व सैनिक पाइलटलाई अन्तरीक्षमा पठाउन अर्वौ डलर खर्च गरेको थियो । रुसी अन्तरीक्षयान सोयुजबाट मन्सुरी आठ दिन अन्तरीक्षमा रहेका थिए । उनका साथमा रुस र अमेरिकाका अन्तरीक्षयात्री थिए ।

युएइले अन्तरीक्षका लागि महत्वाकांक्षी योजनाहरु बाहिर ल्याइसकेको छ । उसको मंगल ग्रहको अक्षसम्म यान पुर्याउने योजना रहेको छ । यान सन् २०२१ मा पठाउँदैछ ।

अरब विश्वबाट युइए अन्तरीक्षमा मानिस पठाउने पहिलो मुलुक बनेको छ । उसले अन्तरीक्ष परियोजनाका लागि अर्वौं डलर खर्च गरिरहेको छ ।-एजेन्सीको सहयोगमा; Photo Source: Tass



प्रतिक्रिया दिनुहोस्