Logo

वृहस्पति ग्रहमा देखियो कालो दाग, अब के होला ?



वृहस्पति ग्रह आकाशगंगाकै सबैभन्दा ठूलो ग्रह हो । सौर्यमण्डलमा यसको आफ्नै प्रभाव छ । वैज्ञानिकहरुले वृहस्पति ग्रहबाट अध्ययन अनुसन्धान गर्दै आएका छन् ।

नासाको अन्तरीक्ष परियोजनाले वृहस्पतिमा कालो दाग भेटेको छ । यो कालो दागबारे अध्ययन गर्दा उसकै चन्द्रमाको छायाँ हो भन्ने पत्ता लागेको छ ।

लो नामको चन्द्रमा ज्वालामुखीले भरिएको छ । यसले पृथ्वीलाई चन्द्रमाले घुमेजस्तै वृहस्पतिलाई घुम्छ । नासाले सार्वजनिक गरेको तस्बिर २२ सय माइल ठूलो छ ।

वृहस्पतिका धेरैवटा चन्द्रमा भएकाले बेला बेलामा ग्रहण लागिरहन्छ । त्यस क्रममा उसको चन्द्रमाको छायाँ परिरहन्छ । यसपटक नासाले निकै आकर्षक र महत्वपूर्ण तस्बिर खिचेर सार्वजनिक गरेको छ ।

कालो दाग सामान्य हो । यसबाट कुनै क्षति हुँदैन । यो सामान्य प्रक्रिया भएको र बेला बेलामा देखिइरहने अन्तरीक्ष वैज्ञानिकहरुले जनाएका छन् ।-एजेन्सीको सहयोगमा; Photo Credit: NASA



प्रतिक्रिया दिनुहोस्