Logo

बारामा पाँच जनाको ट्यांकीमा शव भेटिएको घटनाको रहस्य खुल्यो



बारा, १६ असोज । फेटा गाउँपालिकाको बतरास्थित घरको ट्यांकीमा मृत भेटिएका पाँच जनाको मृत्युको रहस्य पत्ता लागेको छ । उनीहरु रक्सी बनाउने क्रममा करेन्ट लागेर ज्यान गुमाउन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

अवैध रक्सी बनाउने क्रममा हिटर चलाउँदा सट भएर शुरुमा घरधनी जोगा मुखिया वनलाई करेन्ट लागेको थियो । करेन्ट लागेकालाई बचाउन जाँदा बाँकीको मृत्यु भएको बारा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

अवैध रक्सी बनाउने गतिविधिमा संलग्न हुँदै आएका जोगा मुखिया बनको परिवारले लुकिछिपी बनाउन ट्यांकीको प्रयोग गर्दै आएको थियो । अवैध मदिरा बनाउने क्रममा करेन्ट सर्ट भएको थियो ।

१५ असोजमा ट्यांकीमा मृत भेटिएका ४० वर्षीय जोगा मुखिया बिन, उनका भाई ३५ वर्षीय महेन्द्र मखिया बिन, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी, जोगीकी १२ वर्षीया छोरी सुमनकुमारी र भारतीय नागरिक लालमुनीका बाबुको एकैसाथ मृत्यु भएको घटनापछि देशभर चासो बढेको थियो । घटना सामूहिक हत्या हुनसक्ने भन्दै अनुसन्धान समेत भएको थियो ।

घटनास्थलमा अत्याधिक रक्सी गन्हाएकाले निसास्सिएर मृत्यु भएको आशंका समेत गरिएको थियो । ट्यांकीमा शव झिक्न प्रहरीले घरको पर्खाल फुटाएर छिरेको थियो । त्यहाँ लुकिछिपी मदिरा उत्पादन गर्न संरचना बनाइएको थियो । प्रहरीले अवैध मदिरा उत्पादनमाथि कडाई गरेपछि यसरी संरचना बनाइएको हुनसक्ने प्रहरीको अनुमान छ । Symbolic Photo



प्रतिक्रिया दिनुहोस्