Logo

लाखौं डलर आम्दानी गर्दा पनि घडी चोर्ने फुटबल खेलाडी



दैनिक हजारौं डलर पारिश्रमिक पाउने फुटबल खेलाडीका लागि घडी सामान्य हो । तर, लोभले कहिलेकाहीं जतिसुकै आम्दानी भएपनि चोर बनाउँछ र त्यसको परिणाम करिअर नै डामाडोल हुनसक्छ ।

यस्तै घटना भएको छ फ्रान्समा जहाँ एकजना फुटबल खेलाडीले साथीको घडी चोेरेका छन् । ओजिसी नाइस फुटबल क्लबमा आवद्ध १८ वर्षीय लामाइन पाडिगा डियबी क्लबबाट निष्काशित भएका हुन् । उनीमाथि साथीको ७६ हजार डलर पर्ने घडी चोरेको अभियोग छ । उनले चोरी स्वकारिसकेका छन् ।

डिएबीले कास्पर डोरवर्गको घडी कपडा फेर्ने कोठाबाट १६ सेप्टेम्बरमा चोरेका थिए । उनलाई निष्काशन गरेपछि क्लबले यस्तो व्यवहार स्वीकार गर्न नसक्ने भन्दै विज्ञप्ति जारी गरेको छ । डायबाले आफू मानसिक रुपमा समस्यामा रहेको भन्दै माफी मागेका थिए । तर, क्लबले उनलाई निष्काशन गर्यो ।

१४ वर्षको उमेरदेखि डायबा क्लबमा आवद्ध थिए । निष्काशनपछि डायबीले दोस्रो श्रेणीको क्लब पेरिस एफ सीमा प्रववेश गरेका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्