Logo

महरालाई रहेन २८ सुरक्षाकर्मीको सुरक्षा घेरा



काठमाडौं, १७ असोज । सभामुख हुँदा कृष्णबहादुर महरालाई २८ सुरक्षाकर्मीको घेरा थियो । उनी २४ घन्टै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी २८ सुरक्षाकर्मीको घेरामा हुन्थे ।

बालुवाटारस्थित सभामुख निवासमा विशेष सुरक्षासाथ रहन्थे । जसमध्ये नेपाली सेनाका क्याप्टेनको नेतृत्वमा १७ र नेपाल प्रहरी र सशसत्र प्रहरी गरी ११ जना सैनिक थिए । उनलाई बा २ झ १२६८ नम्बरको ल्यान्ड क्रुजर गाडी थियो । अब उनीबाट ती सबै फिर्ता भइसके ।

महराले बालुवाटारस्थित सभामुख निवास छाड्नुपरेको छ । गाडी र सुरक्षाकर्मी फिर्ता भइसके । सभामुखका रुपमा महरा नेपाल सरकारको उच्च वरियतामा थिए । संवैधानिक निकायको नियुक्तिमा उनको भूमिका हुन्थ्यो । अब त्यो केही रहेन ।

महरा अहिले सांसदमा सिमित छन् । तर, विपक्षीले उनलाई सांसद पदबाट समेत राजीनामा दिन दबाब दिइरहेका छन् । २०४८ सालमा समेत सांसद बनेकामध्ये पूर्व माओवादीमा यो हदसम्मको राजनीतिक उचाई लिने उनीमात्र थिए । महिलाको गम्भीर आरोपले उनको राजनीतिक भविष्य नै संकटमा परेको छ । अब उनलाई उठ्न सजिलो छैन । File Photo



प्रतिक्रिया दिनुहोस्