Logo

केपी ओलीले काम गर्न सक्नुभएन, अब प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ : भीम रावल (भिडियोसहित)



काठमाडौं, १७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले यस्तो बताएका हुन् । उनले अब नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नेपनि खुलासा गरेका छन् ।

रावलले निवर्तमान सभामुख कृष्णबहादुर महराको यौनकाण्डबारे पनि महरा र पीडित भनिएकी महिला कर्मचारी रोशनी शाही दुवैमाथि अविलम्ब अनुशन्धान गरि कारवाही गर्नुपर्ने धारणा राखेका छन्।



प्रतिक्रिया दिनुहोस्