Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई दृष्टिगत गरी कर्मचारीलाई स्ट्यान्डवाई रहन निर्देशन



काठमाडौं, १७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सरकारले सबै मन्त्रालयका कर्मचारीलाई स्ट्याडबाईमा राख्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयलाई सर्कुलर गर्दै दसंै पर्वको बिदामा पनि आफू मातहतका कर्मचारीलाई आवश्यक परेको समयमा स्ट्यान्डबाई राख्न निर्देशन दिएको खबर राजधानी दैनिकले छापेको छ ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार दसैं बिदाकै समयमा पनि आवश्यक पर्दा कर्मचारी आउन पर्न सक्ने गरी व्यवस्थापन गर्न मन्त्रालयलाई पत्राचार गरिएको छ । नछोड्न सर्कुलर गरिएको छ । दसैं मान्न जानेलाई पनि २२ असोजमा नै फर्कन भनिएको छ ।

सीको भ्रमण हुनै लाग्दा नेपाल र चीन दुवै मुलुकले तयारी तीव्र पारेका छन् । राजधानी काठमाडौंका महŒवपूर्ण सडक खण्ड रातारात पिच गर्न थालिएको छ । राष्ट्रपति सीको भ्रमणको तयारीस्वरूप बुधबार चीनबाट ७४७–८०० विमान रेकीका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी पुनः बेइजिङ फर्केको थियो ।

राष्ट्रपति सीको भ्रमणको विषयमा विभिन्न अध्ययन तथा तयारी भएको भए पनि औपचारिक मितिको भने घोषणा गरिएको छैन । सुरक्षालाई ध्यानमा राखेर मिति घोषणा नगरिएको हो । सीको नेपाल भ्रमणलाई उच्च कूटनीतिज्ञहरूले समेत विशेष चासोका साथ हेरेका छन् । २३ वर्षपछि चीनको उच्चस्तरीय भ्रमण हुन लागेका कारण पनि यसलाई महŒवका साथ हेरिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्