Logo

महराको जर्बजस्ती आरोप प्रकरणको स्वतन्त्र छानविन गर्न माग



काठमाडौं, १७ असोज । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको विवादित सम्बन्धले सभामुख पद गुमाएका कृष्णबहादुर महराको घटनालाई स्वतन्त्र छानबिन गर्न महिला तथा मानव अधिकारवादी संस्थाले माग गरेका छन् । मानवअधिकारसँग सम्बन्धित १७ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ असोजमा भएको यो घटनाले २४ घण्टामा नै अर्को मोड लिनुलाई गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्ने माग राखेको खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रभावित महिलाले प्रमाणसहित घटना सार्वजनिक गरेकी छन् । तर, घटनाको दोस्रो दिन आफूले लगाएको आरोपलाई आफैले खण्डन गर्दै आफूमाथि कुनै पनि घटना नभएको बताउनुले आफ्नो वा परिवारको सुरक्षाको कारण भनाइ परिवर्तन गरेको हुन सक्नेतर्फ संकेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महिलाले महरा कोठामा आएको, कुटपिट र बलात्कार भएको, महराको फुटेको चस्मा, जुत्ताको तलुवा, महराले मदिरा सेवनका लागि प्रयोग गरेको ग्लासलाई प्रमाणका रूपमा प्रस्तुत गरेकी थिइन् । घटनाको केही समयपश्चात् नै प्रहरीलाई खबर गरेको, प्रहरी घटनास्थलमा आएको र सञ्चारमाध्ययमसँग कुरा गर्ने क्रममा नै महराको फोन आएको, महराले पठाएको र आफूले महरालाई पठाएको म्यासेजलगायतका सम्पूर्ण विवरण प्रमाणसहित व्यक्त गरेकी थिइन् । तर, एकाएक आफ्नो भनाइबाट फिर्ता हुनुलाई सामान्य रूपमा लिन नसकिने ती संस्थाले विज्ञप्तिमार्फत जनाएका छन् ।

महरामाथि आरोप लगाउने महिलाको तीनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधबार साँझ आफंै उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराइएकी छन् । उनले दिएको लिखित निवेदनमा भनिएको छ, ‘म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियामा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।’

यसरी विज्ञप्तिमार्फत स्वतन्त्र छानबिनको माग गर्ने संस्थाहरूमा महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जाल, महिला पुनस्र्थापना केन्द्र ९ओरेक०, तान नेपाल ९लुम०, साथी, द स्टोरी किचेन, वातावरणीय कृषि तथा विकास केन्द्र (केड), शक्ति समूह, महिलाका निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज नेपाल, तरङ्गनी महिला अधिकार प्रशिक्षण केन्द्र, महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन), पौरखी नेपाल, नेपाल अपांग महिला संघ, नील हिरा, जागृति महिला महासंघ, हिमराइट्स, सिविनसहितका रहेका छन् ।

ती संस्थाले मानवअधिकारको संरक्षण, प्रवद्र्धन र मानवअधिकार हननका घटनाको अन्वेषण र अनुगमन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमार्फत घटनाका स्वतन्त्र छानबिन गरी वास्तविकता पत्ता लगाउन आग्रह गरेका छन् ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको विवादित सम्बन्धले कृष्णबहादुर महराले सभामुख पद गुमाउनुप¥यो । नेपालको राजनीतिक इतिहासमा यौन दुव्र्यवहारको आरोपमा संवैधानिक पदमा बसेका व्यक्तिले यसरी राजीनामा दिएको यो पहिलो घटना हो ।



प्रतिक्रिया दिनुहोस्