Logo

दशैैंको पेश्कीले वीमा गरौं : कर्ण



मनोजकुमार कर्ण : प्रमुख कार्यकारी अधिकृत, युनियन लाईफ ईन्सुरेन्स
वीमा भनेको दुईबीचको एक कन्ट्रयाक्ट हो । एउटा विमक हुन्छ, अर्को विमित हुन्छ । विमित भनेको जसले आफ्नो विमा गर्छ । विमितले निश्चित् रकम तिर्दै जानुपर्छ । तिर्दै गएपछि उसले म्याचुरिटीमा विमांक र बोनस पाउँछ । र, बिचमा केही दुर्घट्ना भयो, वा निधन भयो भने बीचमा उसले टोटल सबसिमन र बोनस पाउँछ । यो दिने विमकले हो । विमतिले रकम तिर्दै जानुपर्छ र एउटा निश्चित् अवधिमा विमले विमांक दिन्छ । वीमा चार प्रकारको हुन्छ । ईनडोमेन्ट, होल लाईफ, टर्म पोलिसी र युनिटी छ । वीमा ऐन हेर्दा त तीन प्रकारकै छ । तर, वास्तवमा पूरा विश्वमा अहिले युनिटी पनि चलिरहेको छ।

युनियन लाईफको सेवा सुविधाको कुरा गर्नुहुन्छ भने हामीले समयमै पोलिसी दिने गरेका छौं । अभिकर्ताहरुले पाउने सुविधा समयमै दिएका छौं । दाबी पर्यो भने समयमै भुक्तानी गर्ने गरेका छौं । यही कारणले गर्दा युनियन लाईफले बढिभन्दा बढि विजनेश व्यापार पाईरहेको छ । हामीले आफ्नो सेवा २०७४–७५ देखि सुरु गरेका हौं । ९ महिना काम गर्यौं । त्यसमा पनि ८६ करोड ५० लाख विनियम भएको थियो । गत वर्ष २०७५–७६ मा हामीले २ सय ८१ करोडको प्रिमियम प्रथम वीमा शुल्क आर्जन गर्यौं । त्यसमा नविकरणबाहेक गर्यौं । हामीले दिएको यही सेवा सुविधाका कारण विजनेश व्यापार पाईरहेका छौं ।

युनियन लाईफ नै रोज्नुपर्ने कारण के ?

युनियन लाईफ रोज्नुपर्ने कारणहरु धेरै छन् । पहिलो कुरा त यसमा प्रोमोटर जुन छन् । एउटा जमात जुन छन् । गोल्छा ग्रुप छ । जगदम्बा ग्रुप भैगयो । गार्डिया ग्रुप भैगयो । राजेश हार्डवेयर भैगयो । हाम्रो व्यवस्थापन पनि सशक्त छ । हामीसँग अनुभवी कर्मचारीहरु छन् । म आफैंपनि २५ वर्षदेखि यही क्षेत्रमा छु । मार्केटिङ टिममा आवद्ध साथीहरुसँगपनि दशकौंको अनुभव छ । विभागीय प्रमुखहरुपनि अत्यन्धै अनुभवी हुनुहुन्छ । त्यतिमात्रै होईन, हामीले प्रभावकारी सेवा पनि प्रदान गर्दै आएका छौं । अभिकर्ताहरुलाई समय समयमा तालिमहरु दिने गरेका छौं । कर्मचारीहरुलाई समय समयमा तालिम पनि प्रदान गरेका छौं । बजारमा हामीलाई अलग नजरले हामीलाई सेवाग्राहीहरुले हेरिरहनुभएको छ ।

हामीले २०७४ साल असोज ४ गते ओपरेटिङ सुरु गरेका थियौं । २०७४ असोज ६ गते उद्धघाट्न गरेका थियौं । तर, हामीले वीमा व्यवसाय असोज २२ गतेबाट सुरु गर्यौं । अहिलेसम्म २ लाखभन्दा बढि पोलिसी होल्डरहरु क्रस भैसकेका छन् । पहिला–पहिला विमा कम्पनीहरु गाउँ गाउँसम्म पुगेनन् भन्ने गुनासो थियो । तर, अहिले त्यस्तो अवस्था छैन् । शहरमा अलिक बढि नै अभिकर्ताहरुको केन्द्रित थिए । अहिले देशभरि नै अभिकर्ताहरु पुगिसकेका छन् । गाउँ घरतिर पनि विमा व्यवसाय सुरु भैसकेको छ । शहरमा अलिक बढि नै यो व्यवसाय छ । यसको मतलव यो होईन कि गाउमा यो व्यवसाय छैन् भन्ने होईन । गाउँमा पनि छ । जसको फलस्वरुप अहिले २० प्रतिशत मान्छेले वीमा गरिसकेका छन् ।

नयाँ योजना के छ ?

हाम्रो योजना भनेको नै गाउँ–गाउँमा पुग्ने नै हो । अहिले पनि हामी करिब ७० जिल्लामा पुगिसकेका छौं । प्रत्येक जिल्लामा जानुको मतलव प्रत्येक गाउँमा जानु हो । हामी मात्रै होईन, प्रायः सबै वीमा कम्पनीहरु गाउँ गाउँमा पुगेका छन् । अरुभन्दा हामीले राम्रो सुविधा दिएका छौं । मनी–ब्याक फण्ड टाएममै दिनुपर्छ । जुन कुरा हामी समयमै दिईरहेका छौं । कुनै दाबी पर्यो भने हामी समयमै भुक्तानी दिन्छौं । कुनै क्लेम आएको छ भने पनि तुरुन्त क्लेम दिनु भनेर हामीले कर्मचारीलाई निर्देशन दिएका छौं ।

उनले बडा दशैं–२०७६ को शुभकामना समेत दिन चाहन्छु । दशैं पेश्की पाउनेहरुले वीमा गर्नुहोस भन्छु । जसको अतिरिक्त पैसा छैन, नहुनेले पनि वीमा गर्नुपर्छ । भोलिको लागि यो राम्रो हुन्छ । म प्रत्येकलाई अभिकर्ता, विमतिहरु सबैलाई दशैंको शुभकामना दिन चाहन्छु ।



प्रतिक्रिया दिनुहोस्