Logo

स्कुलबाट छ जना केटीको अपहरण



स्कुलबाट छ जना केटीको अपहरण भएको छ । एउटा बोर्डिङ स्कुलबाट अपहरण गरिएकाहरुको स्थिति अज्ञात छ ।

यो घटना नाइजेरियाको छ । बन्दुकधारीले कान्दुन शहर नजिकै पर्ने दुर्गम गाउँको इनग्रभरस कलेजबाट बिहिबार दिउँसो केटीहरुको अपहरण गरेका हुन् । त्यहाँको प्रहरीले यसको पुष्टि गरेको छ ।

बन्दुकधारीहरु जर्बजस्ती स्कुलभित्र पसेर केटीहरुको अपहरण गरेका हुन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । तर, सशस्त्र गतिविधि गर्दै आएको मुस्लिम संगठन बोका हरामले गरेको हुनसक्ने आशंका गरिएको छ । नाइजेरियामा बालबालिको अपहरण गरी फिरौती रकम लिने घटना बढेको छ ।-एजेन्सी Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्