Logo

त्रिवीको कुलपतिमा डा. भगवान कोइरालाको नाम सिफारिश



काठमाडौं, १७ असोज । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिश गरिएको छ । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो नम्बरमै डा. भगवान कोइरालाको नाम सिफारिश गरेको बुझिएको छ।

त्यस्तै, दोस्रो नम्बरमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिश गरेको छ । समितिले हाल निमित्त उपकुलपति रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिश गरेन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यकारी निर्देशकसमेत रहिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्