Logo

चीनले अमेरिकामा ३० मिनेटमा पुग्नसक्ने मिसाइल प्रदर्शन गरेकै दिन अमेरिकाले गर्यो मिसाइल परीक्षण



चीनले घातक हतियार प्रदर्शन गरेकै दिन अमेरिकाले पनि खतरनाक हतियारको परीक्षण गरेको छ । कम्युनिष्ट सत्ताको ७० औं वर्षगाँठमा चीनले ३० मिनेटमा अमेरिका पुग्ने क्षमता राख्ने हतियार प्रदर्शन गरेपछि अमेरिका प्रसान्त महासागरमा युद्धक जहाजबाट मिसाइल परीक्षण गर्यो ।
अन्तरीक्ष, जमिन देखि समुन्द्रसँग अमेरिका र चीनबीच सैन्य प्रभाव बढाउने प्रतिष्पर्धा चलिरहँदा दुवै देशले हतियार प्रदर्शन र परीक्षण गरेका हुन् । अमेरिकाले परीक्षण गरेको मिसाइल रडारले समेत ठम्याउन नसकिने दाबी गरिएको छ । चीनले प्रदर्शन गरेको हतियार पनि त्यस्तै क्षमताका रहेको दाबी गरिएको छ ।


चीनले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेपछि सँसारभर चासो भयो । जसमध्ये नयाँ हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र पनि थियो । यो क्षेप्यास्त्र यति खतरनाक हुन्छ कि जसले आणविक हतियार समेत बोक्न सक्छ । यसको मतलब चीनले अमेरिकामा कुनैपनि मार हान्नुपर्दा मात्र ३० मिनेट लाग्छ । यो हाइपरसोनिक क्षेप्यास्त्र ठम्याउन कठिन हुन्छ ।

८० मिनेट लामो परेडमा हतियार समेत प्रदर्शन भयो जसको संसारले रुचीपूर्वक हेर्यो । डि एफ ४१ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल १२ हजार देखि १५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्छ । यो दूरी आधा पृथ्वीभन्दा बढी हो ।

जे एल २ मिसाइल आणविक नौसैनिकबाट प्रहार गर्न सकिन्छ । एच क्यु ९ बी जमिनबाट हावामा मार हान्ने मिसाइल हो जसको विशेष क्षमता छ ।
चीन र अमेरिका दुवैको सैन्य खर्चमा व्यापक वृद्धि भइरहेको छ । विश्वमा सबैभन्दा बढी सुरक्षा खर्च अमेरिकाको छ र त्यसपछि चीनको रहेको छ ।-एजेन्सी Photo Source: Youtube; cctv



प्रतिक्रिया दिनुहोस्