Logo

इराकमा जारी हिंसामा मारिने व्यक्तिको सङ्ख्या २६ पुग्यो



१७ असोज (रासस -सिन्ह्वा) : इराकमा तीन दिन यतादेखि हिंसामा परी मारिने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा परी १ हजार ५०० व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

इराकको राजधानी शहर बग्दाद र अन्य केही प्रान्तहरुमा जारी यस विरोध प्रदर्शनको क्रममा मारिनेको व्यक्तिहरुको सङ्ख्या २६ पुगेको इराकी स्वतन्त्र मानव अधिकार आयोग (आइएचसिएचआर) का सदस्य बयातीले समाचारदाताहरुलाई बताउनु भएको छ । यस हिसामा परी दुई सुरक्षाबलका सदस्यसहित २६ जना मारिएका हुन ।

यस विरोध प्रदर्शनको क्रममा घाइते भएका १ हजार ५०९ मा ४०१ जना सुरक्षाबलका अधिकारीहरु रहेका जनाइएको छ । घाइते मध्ये कैयौ जना उपचारपछि घर फर्किएका जनाइएको छ ।

केही दिनयता हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको थियो ।

इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहीबार बिहान ०५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिएको थियो ।

तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालय बन्द गरिएका थिए । आधारभूत सेवा, रोजगारीको अवसरमा कमी र भ्रष्टाचारको विरोधमा इराकभरीे मङ्गलबार अपराह्नबाटे विरोध प्रदर्शन शुरु भएको थियो ।

सर्वसाधारणका ती मागहरुको सही र वस्तुपरक रुपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ ।

‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ । हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौं, सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरुन् भन्ने चाहन्छौं,’ प्रदर्शनकारीहरुले बताएका छन् ।

घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका तापनि सयौ जना घाइतेहरु अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलानुको लगयात गरेको कारबाहीमा २६ व्यक्तिको मृत्यु भएको शुक्रबार विहान बताइएको छ । प्रदर्शनकारीहरूले सडकमा टायरहरू बाल्नुका साथै र मुख्य चोकका सडकहरू अवरुद्ध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्