Logo

अमेरिकी घोषणासँगै अवरूद्ध शान्तिवार्ता पुन : शुरू गर्न अफगानी तालिवान सहमत



इश्लामावाद, १७ असोज (रासस-सिन्ह्वा) : अफगानी तालिवान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने बिषयमा बिहीबार सहमति भएको छ ।

अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका समय अफगानिस्तानको काबुलमा भएको एक विष्फोटमा एक अमेरिकी कर्मचारीको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको शुरूमा अकस्मात तथा एकतर्फी रूपमा तत्कालका लागि वार्ता अवरूद्ध भएको घोषणा गरेका थिए ।

तालिवान राजनीतिक आयोगको एक प्रतिनिधिमण्डलले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीलाई उहाँको मन्त्रालयमा भेट गरी शान्ति वार्ता पुनः आरम्भ गर्ने बिषयमा छलफल भएको पाकिस्तानी स्रोतले जनाएको छ ।

आयोगका प्रमुख मुल्ला अब्दुल घानी बराडर नेतृत्वको १२–सदस्यीय प्रतिनिधिमण्डलमा आयोगका वरिष्ठ सदस्यहरू रहेका थिए ।

सन् २०१३ मा आयोगको गठन भएपछि अफगानी तालिवानी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो ।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सहमतिबारे जानकारी गराउँदै मन्त्री कुरेसीले आल अवरूद्ध शान्ति वार्ता छिट्टै शुरू हुने बताए ।



प्रतिक्रिया दिनुहोस्