Logo

चिनियाँ चासो बढेलगत्तै अमेरिकी राजदूत बेरी नेताहरुको घर घर पुगेर भेट्दै



काठमाडौं, १७ असोज । अमेरिकी राजदूत रेन्डी बेरी प्रमुख दलका नेताहरुको घरमै पुगेर भेटवार्ता गर्न थालेका छन् । उनले शुक्रबार विहान नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग छाउनीस्थित उनकै निवास पुगेर भेटवार्ता गरेका छन् ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ । बेरीले यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठस्थित निवासमा भेटिसकेका छन् । उनले देउवालाई भेटेकै दिन नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए ।

नेपाल भ्रमणमा चिनियाँ राष्ट्रपति सि जिन पिङ आउने समय नजिकिदै गर्दा बेरीको राजनीतिक भेटघाट बाक्लिएको हो । पछिल्लो समय चीन र अमेरिकाबीच नेपाल मामलामा प्रतिष्पर्धा बढेको छ । चीनले बीआरआई र अमेरिकाले इन्डो प्यासिफिक योजनामार्फत् रणनीतिक प्रभाव बढाउन खोजेका छन् । यी दुवै देश विश्वभर प्रतिष्पर्धामा छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई प्रशिक्षण दिएपछि अमेरिकी राजदूत बेरी निकै सक्रिय हुनथालेका छन् । यसलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण मानिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्