Logo

विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक



बुटवल, १७ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका अहिलेसम्मका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको दाबी गरेका छन् ।

नेकपा रुपन्देहीको तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा आज मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पौडेलले यस्तो बताएका हुन् । उनले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बनाएको स्पष्ट पारे ।

अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । नेकपा नेतृत्वको सरकार नै असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुने उनले दावी गरे । कम्युनिस्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उनले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहने बताए ।



प्रतिक्रिया दिनुहोस्