Logo

पूर्व राजाले बडादशैंमा सर्वसाधारणलाई टीका लगाइदिने



काठमाडौं, १७ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले बडादशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । उनले सर्वसाधारणलाई अपरान्ह चार बजे टीका लगाइदिने भएका छन् ।

पूर्व राजा निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी गराए अनुसार पूर्व राजाले बडा दशैंको अपरान्हबाट सर्वसाधारणलाई निर्मल निवासमा टीका लगाइदिने गरी समय तय भइसकेको छ । यसवर्ष पूर्व राजा कहाँ टीका लगाउने आउनेको संख्या बढ्ने अनुमान समेत गरिएको छ ।
बडादशैंमा टीका लगाउन आउनेलाई दृष्टिगत गरी निर्मल निवासमा अग्रिम तयारी भइसकेको छ । यसका लागि सुरक्षा र अन्य व्यवस्था मिलाइएको छ ।

राजसंस्थाको अन्त भएपछि पनि पूर्व राजाले सर्वसाधारणलाई टीका लगाइदिने गरेका छन् । विशेषगरी राजसंस्थाका पक्षधरहरु टीका लगाउन पूर्व राजा कहाँ पुग्ने गरेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्