Logo

साम्राज्ञीले ब्याइफ्रेन्डमा बढी ध्यान लगाएपछि निर्माता निर्देशक हैरान



काठमाडौं, १७ असोज । नेपालकी सबैभन्दा बढी पारिश्रमिक लिने नायिका बनेकी छिन् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले २० लाख रुपैयाँ घटी चलचित्र नखेल्ने बताइसकिन् । अघिल्लो चलचित्रमा उनले १६ लाख पारिश्रमिक लिएको चर्चा चल्यो ।

साम्रज्ञीले पारिश्रमिक बढाइरहँदा निर्माता निर्देशकहरु उनको कार्यशैलीबाट वाक्क भएका छन् । निर्माता निर्देशकहरुमाझ उनको ब्याइफ्रेन्डलाई बढी समय दिने तर चलचित्रमा ध्यान कम दिने विषय उठेको छ । एक निर्देशकले रिपोर्टर्स नेपाललाइृ भने, ‘साम्रज्ञी चलचित्रको अभिनयमा भन्दा ब्याइफ्रेन्ड र चर्चामा रमाउन थालेकी छिन् ।’ उनको यही शैलीका कारण कुनैपनि चलचित्र सफल भइरहेको छैन ।
दशैं पारेर हलमा लागेको रातो टीका निधारमा नराम्रोसँग फ्ल्प भयो । निर्माताको लगानी डुब्यो । निर्देशकले बेक्कारमा साम्राज्ञीलाई चलचित्रमा लिएको गुनासो गर्दै हिंडे ।

साम्राज्ञी ब्याइफ्रेन्ड दिवांकस राणासँग बढी रमाउन थालेकी छिन् । दिवांकस सुटिंगस्थलमै साम्रज्ञीलाई भेट्न र लिन जाने गरेबाट पनि निर्माता निर्देशक असन्तुष्ट बनेका हुन् । यो विषय चलचित्र क्षेत्रमा फैलिएपछि साम्राज्ञीलाई अब फिल्म पाउने मुश्किल हुने देखिएको छ । यसैपनि उनी अभिनय भन्दा हल्लाले चर्चामा आइन् । फिल्म नचल्ने साम्राज्ञीका कारण हल्लामा चल्ने अवस्था बनेको छ । निर्मातालाई साम्राज्ञीलाई लिएर चलचित्रमा लगानी बालुवामा पानी भइरहेको छ । Photo Source: Social Network



प्रतिक्रिया दिनुहोस्

Screenshot