Logo

दशैंपछि मात्र इन्धनको मूल्यवृद्धि



काठमाडौं, १७ असोज । साउदी अरबको तेल प्रशोधन केन्द्रमा हुथी आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएपछि नेपालमा पनि मूल्य वृद्धि हुने भएको छ । तर, वृद्धि दशैंपछि मात्र गरिने बुझिएको छ ।

दशैंको मुखमा मूल्यवृद्धि गर्दा अलोकप्रीय हुने देखिएपछि सरकारसँग परामर्श गरेरले मूल्यवृद्धि स्थगित गरेको छ । भारतबाट तेल आयात गर्दै आएको निगमलाई इन्डियत आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाइसकेको छ । जसअनुसार पेट्रोलमा ४ रुपैयाँ छ पैसा, डिलेजमा ३ रुपैयाँ ६३ पैसा, मट्टितेलमा २ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ६४ पैसा र एलपी ग्याँसमा १५ रुपैयाँ ९८ पैसा वृद्धि भएको आयल निगमले जानकारी दिएको छ ।

स्वचालित तरिकाले यही अनुपातमा मूल्यवृद्धि गर्नुपर्ने भएपनि निगमले अहिलेलाई नगर्ने भएको हो । चाडपर्वलाई दृष्टिगत गरी इन्धनको मूल्य वृद्धि तत्काल रोकेर निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले पुनः लोकप्रीयता बटुलेका छन् । उपभोक्ताको हितलाई ध्यानमा राखेर निगमले इन्धनको मूल्य वृद्धि नगरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्