Logo

भड्काउने र उत्तेजित पार्ने पेज र ग्रुप हटाइदिनसक्छ फेसबुकले



फेसबुकले केही देशका फेसबुक ग्रुप नै हटाइदिएको छ । अवैधानिक गतिविधि गरेर सामाजिक सञ्जालका प्रयोगकर्तालाई भड्काउन खोजेको भन्दै फेसबुक ग्रप हटाइदिएको हो ।

ती ग्रुपहरु संयुक्त अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया र इन्डोनेशियाबाट सक्रिय थिए । ४४३ फेसबुक एकाउन्ट, २०० पेज र ७६ समूह र १२५ इन्सटाग्राम एकाउन्ट बिहिबार साँझबाट हटाइदिएको हो । ती ग्रुप र पेजहरुले मानिसहरुलाई गलत तरिकाले भड्काउने र उत्तेजित पार्ने गतिविधिमा भूमिका खेल्दै आएका थिए ।

यमनमा युएईको गतिविधि, इरानको आणविक मामलाका अलावा कतार, टर्की र इरानको आलोचनामा ती सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको उद्देश्य भेटिएको थियो । तिनीहरुमाथि उजूरी परेपछि प्रमाणका आधारमा हटाइएको थियो ।

यसै वर्षको शुरुमा फेबुकले इराक, युक्रेन, चनि, रुस, साउदी अरेयिबा, इरान, थाइल्यान्ड, होन्टुरस र इजरायलबाट संचालित पेज र ग्रप हटाइदिएको थियो । उसले फिलिपिन्समा मानिसलाई उत्तेजित पार्ने प्रयोगकर्ताको पेज र ग्रुप पनि हटायो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्