Logo

महरा दोषी देखिए जेल हालिन्छ : मन्त्री बाँस्कोटा (भिडियोसहित)



काठमाडौं, १७ असोज । सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महरा दोषी देखिए सरकारले जेल हाल्ने बताएका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको आरोप छ । शाहीकै कोठामा पुगेर महराले जबरजस्ती गरेको समाचार बाहिरिएपछि उनले राजीनामा दिईसकेका छन् । यो प्रकरणमा नेकपा सचिवालय बैठकले नै महरालाई कारबाही गर्ने भनेर निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्