Logo

महरा अझै ‘माननीय’ !, एक नेता भन्छन् : ‘पार्टीको आँखामा महरा अब सांसद रहेनन्’



काठमाडौं १८ असोज । यौन दुव्र्यवहारको आरोप लगोपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुनेक्रम बढेको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुब्र्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुवै पद तत्काल छाड्नुपर्ने नेकपा सचिबालयले निर्णय गरेको थियो तर उनले सभामुख पदबाट मात्र राजीनामा दिएका थिए ।

महरा अझै नेकपा सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक उच्च नेताले टिप्पणी गरे । ‘आरोप स्वीकारे झैं चुपचाप पनि बस्ने, पार्टी नेतृत्वको निर्देशन पनि नमान्ने त हुँदैन’, नाम सार्वजनिक गर्न नचाहने नेकपा स्थायी समितिका सदस्यले भने, ‘पार्टीको आँखामा महरा अब सांसद रहेनन्, हामीले दाङ क्षेत्र नम्बर २ रिक्त रहेको कल्पना गरिसक्यौं ।’

सभामुखबाट राजीनामा दिएपछि सांसद पदबाट पनि राजीनामा दिएसरह भएको नेकपाका शीर्ष नेतृत्वको निष्कर्ष छ । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot