Logo

अनमोलको जोडी बन्न चाहन्छिन् नायिका नन्दिता



काठमाडौं, १८ असोज । नायिका नन्दिता केसी कुनैबेला निकै जमेकी थिइन् । उनको माग नेपाली फिल्म क्षेत्रमा विशेष थियो । उनले अभिनय गरेका चलचित्र निकै सफल पनि भए ।

नन्दिता एकाएक फिल्मी दुनियाँबाट हराइन् । उनको खोजी गरे दर्शकले । अहिले उनलाई दर्शकले बिर्सन थालिसके ।
नन्दिताले अब फेरि सम्झाउने काम गर्ने भएकी छिन् । अमेरिका भाँस्सिएकी नन्दिता पुनः फिल्ममा छाउने योजनामा छिन् । अमेरिका रहँदा अमेरिकन बाबु मेड इन नेपाल फिल्ममा अभिनय गरेपनि खासै सफल भएन ।

दुनियाँबाट नहराउन उनी सामाजिक सञ्जालमा छाइरहन्छिन् । अमेरिकाबाट दशैं मनाउन नन्दिता काठमाडौं आएकी छिन् । दुई हप्ता अघि जन्मदिन पनि मनाइन् ।

जीवनमा उनले योजनाविना नै सफलता हासिल गरेको बताउँछिन् । फिल्मी दुनियाँमा आउँछु भनेर आइनन् । संयोग नै त्यस्तै पर्यो । अमेरिका बस्ने योजना थिएन तर बसिन् । समयले त्यस्तै बनायो । उनी अनमोल केसीकी फ्यान हुन् । अनमोलसँग फिल्म खेल्न चाहन्छिन् ।
अझै अविवाहित छिन् नन्दिता । ३० कटिसकेकी उनलाई विवाहको हतार छैन । जुन दिन साइत आउँछ त्यही दिन विवाह गर्छु भन्छिन् । Photo: FB



प्रतिक्रिया दिनुहोस्