Logo

मिल्कीवे ग्यालेक्सी र एन्ड्रोमेडा ठोक्किने; पृथ्वीको अस्तित्व समाप्त हुने



हाम्रो सौर्य मण्डल मिल्कीवे ग्यालेक्सीमा रहेको छ । पृथ्वीले सूर्यलाई घुम्छ भने सूर्यले मिल्कीवे ग्यालेक्सीको केन्द्रलाई घुमिरहेको हुन्छ । मिल्कीवे ग्यालेक्सी विशाल छ । तर, योभन्दा बाहिर पनि अन्य ग्यालेक्सी छन् ।

मिल्कीवे ग्यालेक्सीको नजिक एन्ड्रोमेडा ग्यालेक्सी छ । ब्रम्हाण्डमा मिल्कीवेको नजिक र ठूलो ग्यालेक्सीसँग हामी रहेको ग्यालेक्सी ठोक्किनेछ । त्यतिबेला यी ग्यालेक्सीमा रहेका खर्वौं ताराहरु पनि भौतिक रुपमा समाप्त हुनसक्छन् ।

खगोलविदहरुले मिल्कीवे र एन्ड्रोमेडाबीच निकटता र प्रतिष्पर्धा दुवै रहेको बताउँछन् । यस क्रममा दुवैबीच टकराव हुनेछ । अबको चार अर्व वर्षपछि दुवै ग्यालेक्सी ठोक्किनेछन् । दुवै मिलेर अझ विशाल हुनेछन् ।

एन्ड्रोमेडाले धेरैवटा ग्यालेक्सीलाई आफूमा समाहित गरिसकेको छ । यसगरी यसले विशाल आकार लिदैछ । यो मिल्कीवे ग्यालेक्सीभन्दा पनि विशाल छ ।

जब एन्ड्रोमेडा र मिल्कीवे ठोक्किन्छन् तब पृथ्वीको अस्तित्व समाप्त हुनेछ । यति ठूला ग्यालेक्सी ठक्क खाँदा पृथ्वी भौतिक रुपमा नष्ट हुने खगोलविदहरुको भनाई छ । कतिपय ताराहरु पनि ध्वस्त हुनेछन् र नयाँ ताराहरु बन्न सक्छन् ।-एजेन्सी Photo Source: ABC



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम