Logo

महरालाई केसीको साथ, एक फ्ल्याट भाडामा दिने



काठमाडौं, १८ असोज । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सेविधा त्यागिसकेका छन् । तर, अहिलेसम्म पनि उनले सरकारी निवास भने छोडेका छैनन् । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीको कोठामा नै पुगेर नै निवर्तमान सभामुख महराले यौन दुव्र्यवहार गरेको समाचार बाहिर आएपछि उनी विवादमा तानिएका छन् । कतिपयले त महराको राजनीतिक अवशान भनेरसमेत टिप्पणी गरेका छन् ।

महरालाई सभामुख र सांसदबाट राजीनामा दिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्देशन दिएको थियो । महराले सरकारी सुविधा त्यागेको भनेर समाचार बाहिरिएसँगै उनले निजी घर भाडाको लागि खोजेका थिए । तर, उनलाई भाडामा घर कसैले पनि नदिएको पनि समाचार बाहिरिएको छ । यही विचमा महरालाई यदि कसैले घर भाडामा नदिएको हो भने म दिन्छु भन्दै राजनीतिक विश्लेषक सुरेन्द्र केसीले घोषणा गरेका छन् ।

पत्रकार ज्योति किरणले केसीले महरालाई आफ्नो घरमै एक फ्ल्याट भाडामा दिन तयार रहेको कुरा खुलासा गरेका छन् । पत्रकार किरणले भनेका छन्,‘आज बिहानै मेरा आदरणीय अभिभावक प्राध्यापक डा सुरेन्द्र केसीले फोन गरेर भाबुक हुँदै भन्नूभयो-“किरण बाबु म मा मानबिय मूल्य मरिसकेको छैन, काठमाडौमा कृष्ण बहादुर महरालाई डेराको समस्या भयो भन्ने सुनियो , यदि त्यो समस्या साच्चै भएकै हो भने म मेरो घरको एउटा फ्ल्याट दिएर डेरा उपलब्ध गराउन तयार छु । यो कुरा महरा सुत्रलाई भन्दिनु ।”

 



प्रतिक्रिया दिनुहोस्