Logo

आयो खुशीको खबर, दशैंमा मौसम सफा रहने



काठमाडौं, १८ असोज । जल तथा मौसम मौसम पूर्वानुमान महाशााखाले आगामी एक हप्तासम्म मनसुनको प्रभाव सामान्य नै रहने देखिएको भन्दै दसैंमा मौसमी गतिविधिले खासै प्रभाव नपार्ने स्पष्ट पारेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै महाशाखाले मनसुन अझै रहे पनि त्यो कमजोर अवस्थामा रहेकाले दसैंमा मौसमी गतिविधिले खासै प्रभाव नपार्ने जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ,‘यस वर्षको मनसुन प्रणाली अहिले कमजोर अवस्थामा छ, यसको प्रभाव आगामी एक हप्तासम्म सामान्य नै कायम रहने देखिन्छ।’ विशेषगरी पूर्वी र मध्य भू-भागहरुमा आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरुमा हल्का र क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। महाशाखाका अनुसार यस वर्षको महान् चाड विजय दशमीमा मौसमी गतिविधिले आम सर्वसाधारणमा खासै प्रभाव नपर्ने देखिन्छ



प्रतिक्रिया दिनुहोस्