Logo

महरा लक्षित माधव नेपालको चेतावनी : कम्युनिष्टको नाममा कलंक बनेर नबसौं



काठमाडौं, १८ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टको नाममा कलंक नबन्न पार्टीका नेता तथा कार्यकर्तालाई कडा चेतावनी दिएका छन् । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको हालैको प्रकरणलाई लक्षित गरेर नेता नेपालले नेता तथा कार्यकर्ताहरुलाई यस्तो चेतावनी दिएका हुन् ।

शनिबार भक्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढ्न समेत नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । तर, बदनाम र कलंक बनेर नबस्न उनको आग्रह छ । मदिरापान गर्ने बानीले धेरै कुराको हानी गर्ने भन्दै उनले सकेसम्म मासुसम्म कम खाएर चाडपर्व मनाउन पनि आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्