Logo

बली भनेको त्याग हो-पण्डित दिनबन्धु पोखरेल



काठमाडौं, १८ असोज । पण्डित दिनबन्दु पोखरेलको धार्मिक र सांस्कृतिक क्षेत्रमा पृथक पहिचान छ । डेढ दशकयता श्रीमद् भागवत् महापुराण वाचनमा सक्रिय उनले धर्मका माध्यमले सामाजिक सद्भाव र एकता कायम राख्न भूमिका खेल्दै आएका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः

फूलपातीको महत्वबारे बताइदिनुस् न ?
यो फूलपाती नवदुर्गा भगवतीको उपासनमा गरिने विशेष खालको नवरात्र हो । त्यसमा पनि आज विशेष दिन हो । आजकै दिनबाट नवरात्रको विशेषता उजागर भएको मानिन्छ ।
विशेषतः नेपालमा बडाइँ गरेर पूmलपातीको महत्व दर्साउने चलन छ । गोरखा दरबारबाट ल्याएको पूmलपातीमा केरा, दारिम, धान, हलेदो, अशोक, जयन्तीलगायत ९ प्रकारका पातहरु मिलाएर त्यसलाई नव पत्रिका भनिन्छ । यो नव पत्रिकाको पुजन गरी नौवटा देवीहरु ब्रम्हाडी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, अशोकारणी, कार्तिकीलगायतलाई आह्वान गरेर सोह्र सामग्रीले पूजा गरिन्छ । यसमा आरुरी प्रवृत्तिको अन्त्य गर्नका निमित्त स्वयं रामचन्द्र भगवानले पनि पूरा गरेका हुन् । त्यसपछि भगवान शिव, इन्द्र, विष्णुले पनि पूजा गरेका हुन् । जस्तै रामले रावणको बध गर्दा यही समय पारेर नव पत्रिकाले पूजा गरेको पाइन्छ ।
नेपाल एकीकरणपछि त्यसका सुत्रका रुपमा पृथ्वीनारायण शाहले गोर्खाबाट फूलपातीको प्रारम्भ गरेर धादिङ हुँदै काठमाडौंको वसन्तपुर स्थित तलेजु भवनमा लगेर फूलपातीको पूजाअर्चना गर्ने विशेषता थियो । यसको छुट्टै सांस्कृतिक महत्व पनि छ । यसमा मगर जातिहरुलाई बढी प्रयोग गरिन्छ । मगर जातिका ६ जना व्यक्तिहरुद्वारा काठमाडौंमा फूलपाती ल्याउने सांस्कृतिक प्रारम्पराको विकास गरेको पाइन्छ । फूलपातीको महत्व खास गरी हाम्रो पूर्वीय दर्शनअनुसार सरद ऋतु भनेको हिलोमहिलो हटेर आनन्दको समय भएको हुन्छ । विभिन्न फूलहरु फुलेका हुन्छन् । फूलको महत्व दर्साउने उमंगको महत्व बोकेको एउटा ठूलो चाड हो ।
आज गोर्खा दरबारबाट ल्याइएको फूलपाती वसन्तपुर दरबारमा पूजाअर्चना गरिन्छ । टुंडिखेलमा हर्षोल्सका साथ बडाइ गरिन्छ । नौवटा दूर्गतिलाई नास गर्ने भएकाले यसलाई नव दुर्गा भनिएको हो । यसमा नौवटा कुविचारको अन्त्य गर्नका लागि नव दुर्गाको पूजा गरिन्छ ।
नवदुर्गाले सबै नेपालीलाई खुसी बनाउछिन् होइन ?
असोज महिना उन्नतिको महिना हो ।
के कारणले उन्नतिको महिना हो असोज ?
यो महिनामा विभिन्न किसिमका फलपूmल, साग, तरकारीहरु उत्पादन हुन्छ । खेतमा धानका बालाहरु लह–लह झुलेका हुन्छन् । किसानले वर्षाभरि गरेको खेतीबालीको उन्नति देखिने महिना हो । सामान्य परिवारका मानिसकोमा पनि सहकाल लागेको हुन्छ । सबैतिर हरियाली देखिने हिलोमहिलो नभएको असाध्यै ठूलो चाड हो नवरात्र । वर्षमा चारवटा नवरात्र हुन्छ । माघ शुक्ल नवरात्र, चैत शुक्ल नवरात्र, असार शुक्ल नवरात्र । यिनका आफ्नै खालको महत्वहरु छन् । असोजको नवरात्रको चाहिं विशेष खालको महत्व रहेको हुन्छ ।
नेपालीहरु दशैं भनेपछि किन हुरुक्कै हुन्छन् ?
एउटा उमंगको चाड हो । योसँग संस्कार संस्कृति जोडिएको छ । सँगै समाज पनि यसैमा जोडिएको छ । मान्यजनको आर्शिवाददेखि इष्टमित्र, भेटघाट, सबै जोडिएको छ । वषौंदेखि भेटभाट हुन नसकेको साथीभाइ, आफन्तजन सबैसँग भेट हुन्छ । यही मौका पारेर विदेशदेखि पनि आएका हुन्छन् यी कारणले हो । यो वर्षलाई एकता र मेलमिलापको पर्वको रुपमा पनि लिइन्छ दशैंलाई । त्यसैले परम्परादेखि नराम्रो चिजको अन्त्य र राम्रो चिजको उदय गराउने अवसरको रुपमा पनि दशैंलाई लिएका छौं । यसले सामाजमा सांस्कृतिक र सामाजिक सद्भाव कायम गर्दछ । सरदकाल भनेको सबैभन्दा उत्तम काल हो । यसमा न जाडो हुन्छ न गर्मी हुन्छ । ठिक्कको मौषम हुन्छ । असोजलाई आसुरी प्रवृत्तिको अन्त्य गर्ने रुपमा लिन सकिन्छ । खासगरी देवी, देवताभन्दा पनि नकारात्मक सोचलाई सकारात्मकले जित्ने रुपमा लिइन्छ । पूर्वजहरुको चिन्तन र सोचलाई अर्को पुस्तामा पुस्तान्तरण गर्ने काम पनि यसले गरेको हुन्छ । त्यसैले दशैंको अन्त्यै ठूलो महत्व रहेको छ नेपालीहरुमा ।
महाअष्टमी, नमी र दशमीको बारेमा बताइदिनुस् न ?
दूर्गा भवानी भनेको दूर्गती नास गर्ने भएकोले भनिएको हो । दूगती, दुश्कर्म, दूर्नामलगायत नकारात्मक सोच र विचारलाई अन्त्य गर्ने भएकाले दूर्गा भनिएको हो । यसमा महिशासुरकै कुरा गर्दा महिष भनेको राँगो हो । उन्मत राँगो कस्तो हुन्छ । एउता उन्मत्त राँगोले कतिलाई नास गर्छ ? त्यो राँगो जस्तो सोच र प्रवृत्तिलाई बली देउ, त्याग गर भनिएको छ । ‘या देवी सर्वभूते सुशक्ति रुपेणा नमस्तस्यै नमस्तस्यै नमोनमः’ भनेर आमा, शक्ति, ज्ञान, बुद्धिको रुपमा आर्जन गर्ने गरी दूर्गालाई शक्तिको प्रतिक मानेर उपासन गर्दछौं । त्यसकारण नौ दिनसम्म उपासना गरेपछि मैले सम्पूर्ण नराम्रा चिजलाई बध गरेर सबैलाई जितेँ भनेपछि विजया दशमीको दिन विजयोत्सव स्वरुप टिका लगाउने चलन छ । यहाँ बलीको अर्थ त्याग हो । एउटा उन्मत्त राँगोजस्तो घण्डलाई त्याग गर्न राँगा, बोका, हाँसको बली दिने चलन छ । जसरी यसमा जसरी प्राणी हिंसा गरिन्छ त्यो त्यति सोभनीय छैन । अझ सकेसम्म यी नौ दिन मांस भोजन गर्नु पनि हुँदैन । रातो बस्त्र, रातो पूmलले रक्तकालीको उपासना गर्ने नौं दिनले शक्ति आर्जन हुन्छ ।
हाम्रो देशमा बली दिनुहुँदैन भन्ने पक्षमा हो तपाईं ?
बलीको विषयमा मैले विभिन्न ठाउँमा बहस पनि चलाएको छु । बली भनेको त्याग हो । बलीले नराम्रा विचार त्याग गरेर सुभावनाको थालनी गर्ने हो । यसलाई नयाँ ढंगबाट बुझेर गर्नुपर्ने भएको छ । प्राणी हिंसा हुनुहुँदैन भन्ने हो । शास्त्रीय मान्यता पनि त्यही हो । देवीको तीन प्रकारका उपासना हुन्छन् । त्योमध्ये सात्विक उपासनाले मात्रै उनलाई प्राप्त गर्न सकिन्छ । हिंसा गरेर तामसी भावनाले पूरा गर्ने भने मलाई प्राप्त गर्न सकिन्न भनेर देवीले शास्त्रमा भनेकी छन् । त्यो देवी भागवतको तृतीय खण्डमा पनि उल्लेख गरिएको छ । त्यसैले यसको महत्व असाध्यै सकारात्मक सोचबाट हिंसा र हत्याको अन्त्य गरेर पनि गर्न सकिन्छ । सकारात्मक बाटोलाई परिलक्षित गर्ने गरी दशैंको महत्व रहेको छ ।



प्रतिक्रिया दिनुहोस्