Logo

दाढीमा आगो लागे पहिले कस्को निभाउने ?



बादशाह अकबर मन्त्रीहरुको मन जाँच गरिरहन्थे । उनले एक दिन सभामा रहेका सबैको क्षमता र मन जाँच्न खोजे ।

अकबरले सोधे-यदि हामीमध्ये सबैको दाढीमा आगो लागे सबैभन्दा पहिले कस्को निभाउने ?
मन्त्रीहरुले एक एक गरेर भने- हजुरको !

सबैको पालो सकिएपछि बिरबललाई सोधे- कस्को दाढी पहिले निभाउने ?
बीरबरलले भने- हजुर म पहिले आफ्नो दाढी निभाउँछु अनि जो नजिक छ उस्को निभाउन जान्छु ।
मन्त्रीहरु अब बीरबल निष्काशित हुने ठान्दै भित्र भित्र खुशी भए ।

तर, अकबर मुस्कुराएर भने यहाँ सबैले झुठ बोले मात्र बीरबलले सत्य बोले ।
आफूलाई खुशी बनाउन झुठ बोलेको भन्दै मन्त्रीहरुलाई तत्काल हटाए ।

बीरबलको प्रशंशा गर्दै ठिक व्यक्ति महामन्त्री पाएकोमा खुशी भए ।



प्रतिक्रिया दिनुहोस्