Logo

बलीको सन्देश



पण्डित दिनबन्धु पोखरेलः बली भनेको त्याग हो । बलीले नराम्रा विचार त्याग गरेर सुभावनाको थालनी गर्ने हो । यसलाई नयाँ ढंगबाट बुझेर गर्नुपर्ने भएको छ । प्राणी हिंसा हुनुहुँदैन भन्ने हो । शास्त्रीय मान्यता पनि त्यही हो । देवीको तीन प्रकारका उपासना हुन्छन् । त्योमध्ये सात्विक उपासनाले मात्रै उनलाई प्राप्त गर्न सकिन्छ ।

हिंसा गरेर तामसी भावनाले पूरा गर्ने भने मलाई प्राप्त गर्न सकिन्न भनेर देवीले शास्त्रमा भनेकी छन् । त्यो देवी भागवतको तृतीय खण्डमा पनि उल्लेख गरिएको छ । त्यसैले यसको महत्व असाध्यै सकारात्मक सोचबाट हिंसा र हत्याको अन्त्य गरेर पनि गर्न सकिन्छ । सकारात्मक बाटोलाई परिलक्षित गर्ने गरी दशैंको महत्व रहेको छ ।-अन्तवार्तामा आधारित



प्रतिक्रिया दिनुहोस्