Logo

तीन दिनमा पचास तालिबान लडाकू मारिए



१८ असोज : आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आाखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकू मारिएका छन् ।

गत दिनयता जारी यस कारबाहीमा तीन दर्जन भन्दा बढी लडाकू घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले शनिबार बताएका छन् । ‘बहाराक जिल्लालाई सशस्त्र विद्रोहबाट मुक्त गरिएको छ र तालिबान विद्रोहीबाट हाल प्रान्तीय राजधानी तालुृकान शहरलाई कुनै खतरा छैन’ हजारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

तालिबान आतङ्ककारीहरूले १० दिन अगाडि एउटा आश्चर्यजनक रुपमा बहाराक जिल्लाका प्रमुख भागहरू कब्जा गर्नुलगायत तखारको प्रान्तीय राजधानी तालुकान शहरलाई कब्जा गर्न खोजिरहेका थिए ।यद्यपि सरकारी सेनाले गएको तीन दिनमा गरेको कारबाहीको क्रममा ५० सशस्त्र लडाकू मारिनुको साथै ३७ भन्दा बढी घाइते भएका हजारीले बताएका छन् ।

जारी यस काराबाहीको कारण छिमेकीमा पर्ने खवाजा घर जिल्लामा रहेका तालिबान लडाकू भाग्न बाध्य भएका हजारीले बताए ।
यस आतङ्कवाद विरोधी अभियानको क्रममा तीन सुरक्षाकर्मी मारिनुको साथै अन्य छ घाइते भएका हजारीले बताए । सरकारी सुरक्षा बलले अब छिटै खवाजा घर जिल्लामा आतङ्ककारीविरुद्ध अभियान सुरु गर्ने हजारीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्