Logo

‘चीनले जे भन्यो त्यतै दौडिहाल्ने ?’



डा. शेखर कोइराला: नेपाली जनता, नेपालीहरु चिनीयाँ राष्ट्रपतिको एकदमै उत्सुकताको साथ हामीहरुले हेरिरहेका छौं । त्यो उत्सुकतालाई सरकारले कसरी लिन्छ भन्ने मात्रै हो । चीनसँग नेपालको सम्बन्ध अरनिकोदेखिको हो । यो सम्बन्धलाई अझ प्रगाढ बनाउन वीपी कोइरालाले खेल्नुभएको भूमिका अत्यन्त महत्वपूर्ण छ । त्यसरी अगाडि बढ्यो भने हामी ठीक ठाउँमा हुन्छौं । के माग्ने, के लिने के दिने भन्ने कुरामा म धेरै विश्वास गर्ने मान्छे होइन ।

नेपाली कांग्रेस बेल्ट एन्ड रोड इनिसेटिभमा आउनुपर्छ । किन भने सुशील कोइरालाको नेतृत्वमा पहल भएको छ । त्यसपछि डा. प्रकाशशरण महत पर्यटन मन्त्री हुँदा हस्ताक्षर भएको हो । त्यसमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका छ । बीआरआई भन्छौं हामी त्यो ग्रान्डमा बनाउने होइन । बीआरआई भनेको चाइनिज बैंकबाट लोन लिन्छ । कुनै पनि देश लोन लिएर बनाउने हो । हामीहरुले पनि लोन लिएर बनाउनुपर्ने हुन्छ । त्यो तिर्नुपर्ने हुन्छ । त्यसैले पाँच खर्बको रेल ल्याउँदा हाम्रो गच्छेले भ्याउँछ भ्याउँदैन त्यो विचार गर्नुपर्छ । जहिले पनि लोन लिँदा देशको आर्थिक अवस्था हेरेर लिनुपर्छ । रेललाई प्राथमिकता नदिएर हजार मेगावाटको जलासाययुक्त हाइड्रो पावर एउटा, त्यपछि ट्रान्समिसन र किमाथान्कादेखि धरानसम्मको एक्सप्रेस सडक र रसुवागडीदेखि काठमााडौंसम्म एक्सप्रेस बनाउनुपर्छ । यी कुराको लागि नेपालले लोन तिर्न सक्छ । त्यो पनि पाँच वर्षभित्र बनाइसक्नुपर्छ । त्यसपछि मात्र रेलमा जानुपर्छ ।

अहिले रेललाई प्राथमिकतामा नराखौं भन्ने मेरो मान्यता हो । दुईवटा एक्सप्रेस सडकलाई राखौं । अन्य विकास निर्माणलाई ध्यान दिऔं । तत्काललाई है फेरि रेल नचाहिने भन्ने होइन । भारत र चीनको सामान नै ओहोर–दोहोर हुन्छ भने मलाई केही भन्नु छैन । तर, अहिले नेपालले रेलमा के पठाउने ? पाँच वर्षमा रेल आउँछ अनि खाद्य सामाग्री चिनबाट मात्रै पैठारी भयो भने व्यापार घाटा कहाँ पुग्छ हाम्रो ? यो अवस्थाले त लोन पनि तिर्न सक्दैन । इन्ट्रेसतिर पनि जाओं । सुरु भएको १५ वर्षदेखि इन्ट्रेस तिर्ने भनौं । ऋण पनि ओल्ड बैंक जस्ता ठाउँबाट लिनुपर्छ ब्याज पनि सस्तो हुन्छ । यतातिर लाग्ने हो नि । उसले जे–जे भन्यो त्यसपछि दौडिहाल्ने त ?
ऋषि धमलासँगको अन्तर्वातामा आधारित



प्रतिक्रिया दिनुहोस्