Logo

राजा हुँदा सत्ता हातमा लिएको वर्षगाँठ पारेर १८ असोजमै किन आयो ज्ञानेन्द्र शाहको कडा सन्देश



रिपोर्टर्स नेपाल । आज १८ असोज । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ सालमा आजकै दिन सत्ता हातमा लिएका थिए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै हटाएपछि आफू अनुकूलको प्रधानमन्त्री खोज्न थालेका थिए ।

शाहको राजनीतिक महत्वाकांक्षाले उनले जनताको प्रतिनिधिबाट चुनिएका वैधानिक प्रधानमन्त्रीलाई हटाएका थिए । सोही घटनाले नेपाली राजनीतिको कोर्स बदल्ने आधार तयार गरेको थियो ।

आज ठिक १८ असोजमा १७ वर्षपछि पूर्व राजाका रुपमा ज्ञानेन्द्र शाहले सन्देश दिएका छन् । बडादशैंका अवसरमा सन्देश दिएपनि यो संयोग मात्र होइन । उनको सन्देशमा निकै कडा र आशयहरु चुनौतीले भरिएको छ ।

पूर्व राजाले राजनीतिक दलहरुतर्फ संकेत गर्दै आलोचना गरेका छन् भने देशमा सनातन संस्कृति र सभ्यतालाई जोगाउने चुनौती दिएका छन् । उनले राष्ट्रियता खतरामा परेको उल्लेख गरेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्