Logo

न्युयोर्कमा सडकमा सुतेको चार घरवारविहिनको हत्या



विश्वकै महंगो शहरमध्येको न्युयोर्क । सपनाको सहरमा आफ्नो भविष्य बनाउन पुग्नेहरु उत्तिकै छन् । तर, त्यही शहरमा हजारौं घरबारविहिन छन् जो सडकमा सुत्छन् ।

सडकमा सुतेको अवस्थामा चार जना घरवारविहिनको हत्या भएको छ । एकजना २४ वर्षीय घरबारविहिनले धातुको पाइपले हिर्काएर हत्या गरेका थिए । शनिबार विहान चाइनाटावन नजिकै उनीहरुको हत्या भएको अमेरिकी मिडियाले जनाएका छन् ।

घटनामा एकजना गम्भीर घाइते छन् । ती युवकले धातुले अन्धाधुन्दा प्रहार गरेको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै सीएनएनले जनाएको छ । सुतेको अवस्थामा सडकमा प्रहार गर्दा ती व्यक्तिहरु घाइते भएका थिए ।-एजेन्सी  Photo Source: Fox61



प्रतिक्रिया दिनुहोस्