Logo

करिश्माको काखमा शिशु



काठमाडौं, १८ असोज । रातो पहिरन अनि भावुकता । चलचित्र नायिका करिश्मा मानन्धर काखमा नवजात शिशु लिएर बसेकी छिन् । शिशु निदाएको अवस्थामा छ । लाग्छ यो करिश्माको आफ्नै बच्चा हो ।

क्रिश्माले बच्चाको अनुहारमा छुन खोजेजस्तो छ । तर, उनले लामो नङका कारण होशियारी अपनाएकी छिन् । सामाजक सञ्जाल फेसबुकमा उनले बच्चा बोकेको तस्बिर पोष्ट गरेकी छिन् ।

बच्चा निकै सावधानीपूर्वक बोकेकी छिन् । यस्तो लाग्छ कि यो उनकै बच्चा हो । करिश्माले विवाह गरेको साँढे दुई दशक पुगिसक्यो । छोरी नै २० कटिसकेकी छिन् । तर, उनी सदावहार देखिन्छिन् । तस्बिरः फेसबुक



प्रतिक्रिया दिनुहोस्