Logo

भूमिगत शिल्पा भेटिइन्



काठमाडौं, १८ असोज । बहुविवाहका कारण प्रहरीको खोजीमा परेकी चलचित्र नायिका शिल्पा पोखरेल भेटिएकी छिन् । उनी नाम चलेका कलाकारहरुसँगको एउटा जम्काभेटमा सहभागी थिइन् । भेटमा करिश्मा मानन्धरलगायत नाम चलेका कालाकार उपस्थित थिए । पछाडिको हरफमा देखिएकी शिल्पा सामान्य अवस्थामा देखिन्छिन् । उनको अगाडि भेट्रान नायिकाहरु थिए ।

बहु विवाह गरेको भन्दै शिल्पा पोखरेल र छविराज ओझाविरुद्ध जाहेरी परिसकेको छ । बहुविवाह गरेका कारण जेल जानुपर्ने डरले पोखरेल र ओझा वेपत्ता भएका थिए । शिल्पाले आफूलाई छविराजले कुटेको भनी प्रहरीमा उजूरी गरेपछि घटनाले चर्चा पाएको थियो । पछि शिल्पालाई उल्टै बहुविवाह लाग्ने भएपछि ओझा र शिल्पा दुवै लुकेका थिए । Photo: Facebook



प्रतिक्रिया दिनुहोस्