Logo

रामनारायण बिडारीले महराको बचाउ गर्न खोजेपछि कार्यक्रममा भयो हंगामा (भिडियोसहित)



काठमाडौं, १९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्टिय सभाका सांसद तथा बरिष्ठ अधिवक्ता रामनारायण विडारीले निवर्तमान सभामुख कृष्णबहादुर महराको यौनकाण्डबारे नयाँ खुलासा गरेका छन् । पीडित भनिएकी महिलाले आफूमाथि बलात्कार भएको भनेर नभनेसम्म अरुले भन्दैमा महरा दोषी नहुने उनको जिकिर छ ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महरामाथि लागेको आरोप प्रमाणित नभएसम्म उनलाई अपराधी भन्न नमिल्ने उनको भनाई छ । उनले भने, अभियोग प्रमाणि नभएसम्म महरा अपराधी होईन, अहिले उहाँ आरोपित मात्रै हो ।



प्रतिक्रिया दिनुहोस्