Logo

नेपाललाई चीनले कब्जा गर्दैछ : दीक्षित (भिडियोसहित)



काठमाडौं, १९ असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्टपति सिको नेपाल भ्रमण नेपाल र नेपालीहरुको लागि खुशीको कुरा भएको बताएका छन् । कसैको भ्रमण हुँदैमा ठूलो सहयोगको अपेक्षा गर्नु नहुने उनको जिकिर छ । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले भारत वा चीनबाट नेपाल भ्रमणमा उच्च ओहादाको मान्छे आउँदा भीख माग्न नहुने स्पष्ट पारे । उनले नेपालले आफ्नो हैसियतअनुसार मात्रै आफ्ना विकासका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्