Logo

प्रचण्डले एकाविहानै बोलाए गृहमन्त्रीलाई, महरालाई कारबाही गर्न निर्देशन !



काठमाडौं, १९ असोज । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि प्रहरीले अनुशन्धान बढाएको बेलामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर छलफल गरेका छन् । स्रोतकाअनुसार आज विहानै गृहमन्त्री बादल प्रचण्डनिवास खुमलटार पुगेका हुन् । अध्यक्ष प्रचण्डले यो प्रकरणमा निश्पक्ष अनुशन्धान गर्न र दोषी देखिए कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीर रोशनी शाहीमाथि यौन दूराचारको आरोप लागेपछि अध्यक्ष प्रचण्डले नै महरालाई कारबाही गर्नुपर्ने प्रस्ताव नेकपा सचिवालय बैठकमा राखेका थिए । महराविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएसँगै प्रहरीले पक्राउको तयारी गरेको बेला भएको प्रचण्ड र गृहमन्त्रीको भेटलाई महत्वको साथ हेरिएको छ ।

छलफलको क्रममा गृहमन्त्री थापाले प्रहरीले अनुशन्धान अघि बढाईसकेको अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । पीडित महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि शनिबार नै प्रहरीले महरालाई पक्राउको तयारी गरेको छ । file photo/social network



प्रतिक्रिया दिनुहोस्