Logo

२ नम्बर प्रदेश सरकारविरुद्ध खनिए प्रभु साह



रौतहट, १९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् सांसद प्रभु साहले प्रदेश नम्बर २ को सरकारविरुद्ध कडा टिप्पणी गरेका छन् । पूर्व मन्त्रीसमेत रहेका नेता साहले मधेशको अर्थ व्यवस्था धारासाही बनाइरहेको आरोप लगाए ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहट सदरमुकाम गौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता साहले यस्तो बताउका हुन् । उनले प्रदेश सरकार बदनियतपूर्ण ढङ्गले आन्तरिक अर्थ व्यवस्था बिगार्न सक्रिय रहेको बताए ।

सम्भावनाको बिचबाट प्रतिफल निकाल्नुको सट्टा प्रदेश सरकार झन तहसनहस पार्न उद्दत रहेको जिकिर गरे । उनले भने, “विभेदविरुद्धको लामो संघर्षपछि राज्य नयाँ संरचनामा गएको छ । जस अन्तर्गत प्रदेश सरकार नयाँ अभ्यासको रुपमा रहेको छ । हामीलाई लागेको थियो कि हाम्रो प्रदेशको सरकारले कमजोर स्थितिमा रहेको अर्थ व्यवस्थालाई माथि उकास्नेछ । तर दुर्भाग्य प्रदेश सरकारको नालायक गतिविधिका कारण प्रदेशको अर्थ व्यवस्था झन धारासायी बन्दै गएको छ ।”



प्रतिक्रिया दिनुहोस्