Logo

ला लिगा फुटबल : रियल मड्रिडद्धारा ग्रानडा ४–२ ले पराजित



काठमाडौं, १९असोज । स्पेनिस लिग ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको रियल मड्रिडले विजयी यात्रालाई निरन्तरता दिएको छ । शनिबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–२ ले पराजित गर्‍यो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रिगेजले एकरएक गोल गरे । ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एकरएक गोल फर्काए ।

रियलका लागि खेलको दोस्रो मिनेटमै बेन्जिमा, पहिलो हाफको ‘इन्जुरी’ समयमा हजार्ड, ६१औं मिनेटमा मोड्रिच र खेलको अन्तिम समयमा रोड्रिगेजले गोल गरेका हुन् ।

ग्रानडाका डार्विनले ६९औं मिनेटमा पेनाल्टीमा र ७७औं मिनेटमा डोमिन्गोसले गोल फर्काएका थिए । जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलबाट १८ अंक जोडेको छ । पराजित ग्रानडा ८ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्