Logo

बडा दशैं हिन्दुहरुको होइन-पण्डित डा. रुद्रनाथ अधिकारी



काठमाडौं, १९ असोज । ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारी धर्म संस्कृति र इतिहासका पनि जानकार हुन् । नीसँग ऋषि धमलाले बडा दशैंका महत्वबारे विशेष कुराकानी गरेका छन् । उनीसँग गरिएको कुराकानीः
महाअष्टमीको महत्वको बारेमा बताइदिनुस् न ?
आज महाअष्टमी आठौं दिन गौरीको विशेष रुपले पूजा अर्चना गरी मनाइन्छ । महाअष्टमीको अति ठूलो महत्व रहेको छ । नवरात्रमध्ये आठौं दिनलाई महाअष्टमी भनिन्छ । हिजो पूmलपाती भित्र्याएर रातीबाट कालरात्रीको पुजा गरियो । सम्पूर्ण जन्मजन्मान्तरको अन्धकारहरुको समन गरेर आज गौरीको दर्शन गर्ने पूजा गर्ने अर्चना गर्ने दिन हो । महागौरी सर्वमंगला हुनुहुन्छ । सर्वत्र मंगल प्रदान गर्ने । उनले सम्पूर्ण भत्तजनहरुलाई पापबाट मुक्ति दिलाउनु हुन्छ । र, भगवतीको आरधना गर्नुमा ठूलो महत्व राख्छ । यसमा कालरात्री, महारात्री आदि महारात्रीहरु जति छन् । जति पनि अर्धपर्लय र महापर्लयहरु यिनै कालरात्रीका दिनहरुमा हुन्छन् । अनि त्यसमा भगवती परमात्माको अति विकराल रुपदेखि लिएर स्वेत रुपसम्म आजैको दिन हुन्छ । भगवती अत्यन्त स्वेत वर्ण भएकी, स्वेत वाहान, स्वेत पुष्प, स्वेत चन्दन आदिले उज्यालो दिन्छ । उर्दकेसिनी, रक्तकाली, भद्रकाली आदि गरिएको उग्रकालीहरुको पनि पूजा गर्ने दिने हो । आज विशेषगरी बली अर्पण दिने हो । बली दिँदा हामीले गलत अर्थ लगाएर पशुहरुको बली दिने गरेका छौं ।
पशुबली प्रथाको विरोध पनि भइरहेको छ नि ?
यसमा पहिलाका राजामहाराजाहरुले राज्य शक्तिशाली होस्, राजा शक्तिशाली होस्, शासक शक्तिशाली होस्, राज्यमा कुनै प्रकारको आपत, विपतहरु नआउन्, राजा र प्रजामा तादम्यता मिलिराखोस् भनेर बली दिने हो । तर, बली भनेको कुनै कुराको सर्मपण हो । यसका विभिन्न विधिहरु हुन्छन् । बलीलाई बर्गिकरण गरिएको छ । पहिला सत्य, द्वापर, त्रेता युगमा असोमेध भनेर घोडाको बली, खागबली, पुष्माण्ड आदि बलीको विधि छन् । त्यसमा गो बली यज्ञ पनि हुन्थ्यो । कुनै समय देवताहरुले गो बली यज्ञ गर्ने गरेको पाइन्छ । त्यतिबेला गौको पनि मन्त्रद्वारा गाइको शिर र पुच्छर क्षेदन गरेर यज्ञमा चढाइन्थ्यो । मन्त्रद्वारा गाइका अंगप्रत्यंगहरुलाई हवन गरिन्थ्यो । त्यहाँबाट कामधेनुको उत्पन्न भएको हो । कामधेनु भनेको सम्पूर्ण कामको परिपूति भन्ने बुझिन्छ । असोमेध भएको घोडा हो । असोमेध यज्ञमा घोडाको शिर र पुच्छर क्षेदन गरेर बली दिने चलथियो । घोडाको अंगप्रत्यंगहरुको हवन गर्दा । त्यहाबाट संसारलाई जित्ने उड्ने वायुपंखी घोडाको उत्पति भएको हो । त्यसबेला राजामहाराजले त्यो घोडाबाट सवार हुँदा जहाँ त्यो घोडाले टेक्यो त्यो राज्य आफ्नो बनाउँथे । यसरी कुनै विजय सिद्धिको लागि असोमेध आदि बलीको पनि चलन थियो ।
तर अहिले त्यो कुरालाई रोक्नुपर्छ भन्ने बहस भइरहेको छ नि ?
त्यो रोक्नुपर्छ । तर, आज मन्त्रमा शक्ति छैन । आज हिजो गो बली गरेर कामधेनु उत्पत्ति गराउने शक्ति छैन । असोमेध बली गरेर वायुपंखी घोडा उत्पन्न गराउने शक्ति छैन । आजका ब्राह्मणमा तपोशक्ति छैन । अथवा आजका मन्त्रहरुले साक्ष्यात रुपमा काम गर्दैनन् । त्यसैले अहिले जसरी बली दिने चलन छ । त्यसले खाली ‘ढुंगा रातो, पेट तातो’ गर्ने काम मात्र भएको छ । यो खानको लागि कुनै माध्यम मात्रै बनाइएको हो भन्ने लाग्छ । शास्त्रमा पनि लेखिएको पनि छ, घोडाको बली दिउँभन्दा, चाहिँदै, गाईको बली दिउँभन्दा चाहिँदैन, बागको बली दिँऊ भन्दा पनि चाहिँदैन, बाख्राकै छोरो, भैंसीकै छोरो बली दिनुपर्छ भन्ने देवता यो धर्तीमा छैनन् । यदि छन् भने त्यो घातक हो भनेर शास्त्रमा भनिएको छ । बली भनेको उत्सर्ग, सर्मपण र त्याग हो । निर्दोष प्राणीलाई मृत्युदण्ड दिएर त्यसको मृत शरीरलाई आपूmले भोजन गर्ने प्रथालाई बली भनिँदैन । कुनै शास्त्रमा ती कुरा उल्लेख छैनन् । बलीका विभिन्न विधिहरु छन् । पायस बली, नरिकेल बली, कुश्पाण्ड बली, कुश्माण्ड भनेको कुभिण्डो हो । यसको बली दिने चलन छ । नरिकेल भनेको नरिवल हो । त्यसको बली दिने चलन छ ।
पायस बली भनेको खिरको बली दिने चलन छ । विज्ञ, विद्या, बुद्धि, विवेकको लागि पायसको बली दिनुपर्छ । धनधान्य, श्रीबृद्धिको लागि नरिवलको बली दिनुपर्छ । शक्ति प्राप्तिका लागि कुश्माण्ड बली दिनुपर्छ । क्षेत्रीहरुले नरिवल र बेलको बली दिनुपर्छ । कुभिन्डोको बली दिनुपर्छ । खागको बली दिनुपर्छ । खाग भनेको बोको हो । राज्यमा अनिष्ठ हुन लाग्यो भनेर त्यसबेला राजाहरुले खाग बली गछौं भनेर थालेका हुन् ।
त्यो राजाहरुले गरे तर अहिले हाम्रो देशमा जनताको शासन छ नि ?
अहिले हाम्रो देशमा प्रत्यक्ष राजा नभए पनि त्यहीं परम्पार अनुसारको राजकाज चलिरहेको छ । त्यही चलन त्यही छ ।
बहुभाषी, बहुजति, धर्म, संस्कार संस्कृतिबाट सधैं रमाउन चाहन्छन् नेपालीहरु के कारणले होला ?
संसारमा सबै जातजाति, धर्म, संस्कार, संस्कृतिले सिंगारिएको मुलुक छ भने त्यो नेपाल हो । यहाँ बहुजाति, बहुभाषि, बहुधर्मी, बहुसंस्कार, संस्कृतिले भरिपूर्ण छ । यहाँ आफ्ना भाषा र धर्मअनुसार हरेक गते, तिथी, बार, महिना, पर्वै पर्वले भरिएका छन् । यहाँ क्षेत्रीय सांस्कृति अलग छ । जातीय सांस्कृति अलग छन् । सबैका अलग–अलग संस्कृति र संस्कारहरु रहे पनि अनेकताको बीचमा एकताको उदाहण बन्न संसारमा सफल भएको छ । संसारमा सबैभन्दा धेरै जाति, संस्कार, संस्कृति, परम्पराको धनी देश नेपाल थियो । यहाँ कुनै किसिमको एकआपसमा मतभेदको अवस्था थिएन । जातीयता, छुवाछुतबीच पनि मतभेद थिएन । आ–आफ्नो ठाउँमा सबै मिलेर बसेका छन् । एकअर्काको धर्म, संस्कार, संस्कृतिलाई उच्च सम्मान गरेर मिलेको समाज नेपालमा छ ।
यहाँ हिन्दूहरुको बडा दशैं भनिन्छ । यो हिन्दूहरुको होइन । हिन्दुहरु त विश्वमा एक अर्बभन्दा माथि छन् । उनीहरुले यसलाई विजया दशमी भनेर मनाउने गर्दछन् । वडा दशैं भन्ने नेपालीले मात्रै हो । नेपालीहरुमा कुनै किसिमको रंगभेद, थिएन, जातीय भेदभाव थिएन, त्यसैले सम्पूर्ण नेपालीहरुको भएकाले यसलाई वडा दशैं भनेका हुन् । त्यसैले वडा दशैंको विशेष महत्व छ नेपालमा । यो चाडलाई एकताको प्रतिक पनि मानिएको छ । अनि अहिले आएर यस्तो जातको हुँ, त्यसैले म दशैं मान्दिँन । यो चुच्चे नाक भएको तेरो बाउको पेवा हो भन्ने जस्ता कुराले अलमल्याएको छ । यो बडो गलत भइरहेको छ । यसरी पछिल्लो गलत किसिमको परिभाषा आइरहेको छ हाम्रो बीचमा । वडा दशैंलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्छ । यो कुनै जाति, धर्म, संस्कार, संस्कृतिको मात्रै होइन । हरेक देशमा एउटा राष्ट्रिय पर्व हुन्छ । हाम्रो देशमा पनि वडा दशैंलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्छ । यसले सम्पूर्ण नागरिकको बीचमा एकता कायम गराउँछ । यसले सबैमा भाइचार र सद्भावलाई कायम गराउँछ । भारतमा यसलाई विजया दशमी भनिन्छ । नवरात्र भनेको नौ दिनको अनुष्ठानलाई भनिन्छ । दशमीलाई विजया दशमी भनिन्छ । वडा दशैं भनिँदैन । नेपालमा वडा दशैं भनेको सबै नेपालीले एकताका साथ मान्ने राष्ट्रिय पर्व भएकाले हो । दशैंमा माया, प्रेम दर्साउन जमरा र टिका लगाइन्छ । भारततिर जमरा देवीलाई अर्पण गरिन्छ । मान्छेको टाउकोमा लगाइँदैन । नेपालीहरुले सबैतिर जमरा राखेर पहिला देवीलाई अर्पण गरेर पछि आपूmले टिकासँग लगाउने गर्दछन् । यो विभिन्न जातजाति, बर्ग, समुयदाय, तराई, पहाड, हिमाल सबैतिर चलन छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम