Logo

महाअष्टमीमा उग्रकालीहरुको पूजा



पण्डित डा. रुद्रनाथ अधिकारीः महाअष्टमी आठौं दिन गौरीको विशेष रुपले पूजा अर्चना गरी मनाइन्छ । महाअष्टमीको अति ठूलो महत्व रहेको छ । नवरात्रमध्ये आठौं दिनलाई महाअष्टमी भनिन्छ । हिजो फूलपाती भित्र्याएर रातीबाट कालरात्रीको पुजा गरियो । सम्पूर्ण जन्मजन्मान्तरको अन्धकारहरुको समन गरेर आज गौरीको दर्शन गर्ने पूजा गर्ने अर्चना गर्ने दिन हो । महागौरी सर्वमंगला हुनुहुन्छ । सर्वत्र मंगल प्रदान गर्ने । उनले सम्पूर्ण भत्तजनहरुलाई पापबाट मुक्ति दिलाउनु हुन्छ । र, भगवतीको आरधना गर्नुमा ठूलो महत्व राख्छ ।

यसमा कालरात्री, महारात्री आदि महारात्रीहरु जति छन् । जति पनि अर्धपर्लय र महापर्लयहरु यिनै कालरात्रीका दिनहरुमा हुन्छन् । अनि त्यसमा भगवती परमात्माको अति विकराल रुपदेखि लिएर स्वेत रुपसम्म आजैको दिन हुन्छ । भगवती अत्यन्त स्वेत वर्ण भएकी, स्वेत वाहान, स्वेत पुष्प, स्वेत चन्दन आदिले उज्यालो दिन्छ । उर्दकेसिनी, रक्तकाली, भद्रकाली आदि गरिएको उग्रकालीहरुको पनि पूजा गर्ने दिने हो । आज विशेषगरी बली अर्पण दिने हो । बली दिँदा हामीले गलत अर्थ लगाएर पशुहरुको बली दिने गरेका छौं ।



प्रतिक्रिया दिनुहोस्